कोरोना संक्रमणका कारण रुकुम पश्चिमका एक पुरुषको मृत्यु

सदरलाइन संवाददाता १७ माघ २०७८, सोमबार १४:३२
 

नेपालगञ्ज : भेरी अस्पतालमा उपचारारत रुकुम पश्चिमका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आठविसकोट नगरपालिका ६ रुकुम पश्चिमका ६५ बर्षीय पुरुषको सोमवार विहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


उनकाअनुसार माघ १५ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएका ती पुरुषलाई १६ गते कोभिड वार्डमा भर्ना गरिएको थियो । कोभिडविरुद्धको कुनै पनि खोप नलगाएका कारण पनि उनको अवस्था झन गम्भिर भएको अस्पतालले बताएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेकाअनुसार अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४१ जना कोरोना संक्रमितको मृत्यु भएको भने बँकेका ३४६ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीमा हालसम्म ३३ लाखभन्दा धेरैमा कोरोना विरुद्धको पहिलो डोज

१७ माघ २०७८, सोमबार १४:३२
नेपालगन्ज : लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो । तीमध्ये २४ लाख २६ […]