बेपत्ता युवती नवलपरासीमा मृत भेटिइन्

३० भाद्र २०७५, शनिबार १५:४३
 

सदरलाइनडटकम,
नवलपरासी : नवलपरासीमा एक युवती मृत भेटिएकी छन् । शुक्रवारदेखि हराएकी सरामवल गाउँपालिका–३ पटनीकी २४ वर्षीया विष्णुमाया चौधरी मृत भेटिएकी हुन् ।
खोज तलाशका क्रममा शुक्रवार राति ८ बजे उनको शव भेटिएको प्रहरीले बताएको छ । हातमा सलले बाँधेको अवस्थामा खोलामा डुबेको अवस्थामा चौधरीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पृथ्वीचन्द्र अस्पतालमा शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Next Post

पत्निसहित भारतीय राजदूत पुरी हुम्लामा

३० भाद्र २०७५, शनिबार १५:४३
सदरलाइनडटकम, सिमकोट (हुम्ला) : भारतीय राजदूत मन्जिभसिंह पुरीले आफ्नो देशबाट कैलाश मानसरोवर जाने पर्यटकका लागि सुविधायुक्त पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । परिवारसहित शनिवार हुम्ला पुगेका राजदूत पुरीले भारतीय धार्मिक पर्यटकलाई कैलाश मानसरोवरको यात्रामा कुनै बाधा व्यवधान नहुने गरी पूर्वाधार बनाउनु पर्नेमा जोड दिएका हुन् । पत्नीसहित सात सदस्यीय टोलीसँगै […]