आइशोलेशन निर्माणको लागि बासको १० लाख सहयोग

सदरलाइन संवाददाता ९ जेष्ठ २०७८, आईतवार १८:५६
 

नेपालगञ्ज : कोरोना संक्रमितको उपचार सहज बनाउने उद्देश्यले नेपालगञ्ज उपमहानगरपालिकालाई आईसोलेसन निर्माणका लागि बासले १० लाख रकम सहयोग हस्तान्तरण गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले बालमन्दिर परिसरमा बनाउन लागेको आइसोलेसनका लागि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आइतबार १० लाख रुपियाँ सहयोग हस्तान्तरण गरेको हो ।


नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवल शमसेर राणा र उपप्रमुख उमा थापा मगरलाई बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, महासचिब शिबकुमार बर्मा, निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक रबिन्द्र बोहराले दश लाखको चेक हस्तान्तरण गरेका हुन ।

उपमहानगरले बालमन्दिरको जिर्णोद्वार गर्न रकमको अभाव भएपछि बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले सो रकम सहयोग गरेको हो । नगर प्रमुख डा.राणाले रकम सहयोग गर्ने बास र नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सलाई उत्कृष्ट कार्यका लागि धन्यबाद दिदै प्राप्त रकमको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता गरे ।

नगर प्रमुख राणाले जिर्ण अवस्थामा रहेको वाल मन्दिर निर्माण पश्चात दिगो रुपमा वालवालिकाको हितमा प्रयोग हुने विश्वास ब्यक्त गरे । वाल मन्दिर निर्माणका लागि उपमहानगरले पनि १० लाख रकम विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपन्न युवा महिला लक्षित आयआर्जनका लागि सहयोगी सामाग्री बिरतरण सुरु

९ जेष्ठ २०७८, आईतवार १८:५६
नेपालगञ्ज : प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबले बाँकेका बिभिन्न पाँचवटा स्थानीय तहका अतिविपन्न युवा महिलालाई व्यवसाय सञ्चालन गर्न सहयोगी सामाग्री वितरण गरेको छ । क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले क्लबले सञ्चालन गरेको युवा रोजगार तथा उद्यमशिलता परियोजना अन्तर्गतका स्पोन्सर बालबालिकाको परिवारका १८ देखि २४ वर्षका […]