कर्मचारीमा कोरोना देखिएपछि राप्तीसोनारी बन्द

सदरलाइन संवाददाता १२ माघ २०७८, बुधबार १३:१८
 

नेपालगञ्ज : कर्मचारीमा कोरोना भाइरस संक्रमण फैलिएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका कार्यालय बन्द भएको छ । गाउँपालिका र महालेखा परिक्षकको कार्यालयमा कार्यरत २४ जना कर्मचारीको कोभिड ‘एन्टिजिन’ परिक्षण गर्दा १२ जनालाई भाइरस संक्रमण पुष्टि भएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण भएपछि गाउँपालिकाले अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको पालिकाका अध्यक्ष लाहुराम थारुले जानकारी दिए । उनका अनुसार बुधवारदेखि १५ गतेसम्म अत्यावश्यक सेवा बाहेक गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।


कार्यालयको लेखा, योजना, प्राविधिक, महिला बालबालिका तथा जेष्ठ नागरिक लगायत विभिन्न शाखामा कार्यरत कर्मचारी तथा महालेखा परिक्षकको कार्यालयबाट खटिएर आएका कर्मचारीलाई संक्रमण पुष्टी भएको हो ।

नेपालगञ्ज, कोहलपुर, खजुरालगायतका बजारीक्षेत्रमा तीब्र बनेको भाइरस पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि फैलिँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनगणनाअनुसार बैजनाथमा सबैभन्दा बढी जनसंख्या

१२ माघ २०७८, बुधबार १३:१८
नेपालगञ्ज : राष्ट्रिय जनगणना २०७८ ले बाँकेको बैजनाथ गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् । बैजनाथ गाउँपालिकामा ७० हजार तीन सय १५ रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको […]