जनगणनाअनुसार बैजनाथमा सबैभन्दा बढी जनसंख्या

सदरलाइन संवाददाता १२ माघ २०७८, बुधबार १४:०९
 

नेपालगञ्ज : राष्ट्रिय जनगणना २०७८ ले बाँकेको बैजनाथ गाउँपालिकामा सबैभन्दा धेरै जनसंख्या रहेको देखाएको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या भएका ५ गाउँपालिकाहरुमा बाँके जिल्लाको बैजनाथसहित राप्तीसोनारी र खजुरा, रुपन्देही जिल्लाको मायादेवी र कपिलवस्तु जिल्लाको मायादेवी हुन् ।

बैजनाथ गाउँपालिकामा ७० हजार तीन सय १५ रहेको राष्ट्रिय तथ्याङ्क विभागले जनाएको छ । विभागले बुधवार नेपालको जनसंख्याको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जानकारी दिएको हो ।


नेपालमा पुरुषको तुलनामा महिलाको संख्या धेरै छ । जसमा पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ र महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

यसअघि २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १२६ जना कोरोना संक्रमित थपिए

१२ माघ २०७८, बुधबार १४:०९
नेपालगञ्ज : बाँकेमा बुधवार थप १ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ९४ नमुना परीक्षण भएकोमा १ सय २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा एक सय १४ जनाको नमुना जाँच […]