आजदेखि नवरात्र शुरू, बागेश्वरीमा भक्तजनको भीड

२३ चैत्र २०७५, शनिबार १६:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ । चैते दशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ ।
वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवी भागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ । चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेषरुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैते दशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो ।
यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ । नवरात्रको पहिलो दिन शनिवार बिहानैदेखि नेपालगञ्जस्थित बागेश्वरी मन्दिरसहित देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

Next Post

आठौंको तयारीअन्तर्गत खजुरामा सरसफाई

२३ चैत्र २०७५, शनिबार १६:५५
सदरलाइनडटकम, खजुरा (बाँके) : ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका ४ खेल बाँकेको खजुरा गाउँपालिकाको विभिन्न ठाउँमा हुने भएपछि तयारी तीब्र पारिएको छ । ज्ञानोदय नमूना माविमा बक्सिङ महिला पुरुष, शुक्र भलिबल स्टेडियममा भलिबल, शुक्र मावि सीतापुरमा हक्की महिला र डि गाउँ फुटबल मैदानमा फुटबलका केही खेल हुने भएकाले ती खेलका […]