पहिरो जादाँ बाजुरामा पत्निको मृत्यु, पति सिकिस्त

२ भाद्र २०७५, शनिबार १८:३७
 

सदरलाइनडटकम,
बाजुरा : लगातार बर्षातका कारण पहिरो जादाँ बाजुरामा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । बुढीगंगा नगरपालिका १ कुडीमा शुक्रबार राति खसेको पहिरोले घर भत्किँदा ४५ वर्षीया कला परीको मृत्यु भएको छ ।
घटनामा उनका पति नन्दे परी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । पहिरोबाट भएको क्षतिको विवरण संकलन भईरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । बाजुरामा जारी लगातार वर्षातका कारण पहाडी क्षेत्रका विभिन्न स्थान पहिरोको उच्च जोखिममा रहेका छन् ।


तस्बिर : थाहाखबर

Next Post

खानले लिए प्रधानमन्त्रीको शपथ, प्रधानमन्त्री ओलीले दिए बधाई

२ भाद्र २०७५, शनिबार १८:३७
सदरलाइनडटकम, नेपालगन्ज : पूर्व क्रिकेटर इमरान खान पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन् । शनिवार पद तथा गोपनियताको शपथ लिएपछि खान पाकिस्तानको २२औं प्रधानमन्त्री बनेका हुन् । पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) दलबाट चुनाव लडेका उनलाई उम्मेदवारी दिने बेलानै पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणा गरेको थियो । सरकार बनाउनका लागि आवश्यक पर्ने १ सय […]