‘केमपोल लुब्रिकेन्ट’ को नेपालगञ्जमा बिक्रि सुरु

२० आश्विन २०७५, शनिबार १९:४६
 

सदरलाइनडटकम
नेपालगञ्ज : विभिन्न खालका ईञ्जिनको लागि अत्यन्तै उपयोगी मनिएको भारतीय कम्पनीको उत्पादन केमपोल लुब्रिकेन्टको नेपालगन्जमा बिक्रि बितरण सुुरु गरिएको छ ।
भारतको ग्यालेक्सटर इण्डिया भेन्चर प्रालिले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी नेपालमा आधिकारिक रुपमा बिक्री वितरण सुरु गरेको कम्पनीका सिएमडी आइ.अहमदले जानकारी दिए ।
उनले दुई पांग्रे सवारी, चार चक्के गाडी, भारवाहन ट्रक, ट्रेक्टर, सबै प्रकारका पम्प तथा मेसिनलाई आवश्यक पर्ने इञ्जिन तेल उत्पादन गरेको बताए ।
अन्य लुब्रिकेन्टको तुलनामा आफ्नो उत्पादन अत्यन्तै उपयोगी र राम्रो भएको उनले दाबी गर्दै भने– ‘कम्पनीले उत्पादन गरेका गुणस्तरीय इञ्जिन तेलको प्रयोग भएमा सवारीका इन्जिन लामो समय टिकाउ हुनेछ ।’यो लुब्रिकेन्टको नेपालको आधिकारिक बिक्रेता केमपोल ट्रेडर्स नेपाल हो ।
केमपोल ट्रेडर्सका प्रोपराइटर अशोककुमार थापा नेपालगञ्ज निवासी हुन् । उनले नेपालगन्जको बजारमा मात्र मासिक ९ करोड रुपैयाँ बराबरको लुब्रिकेन्ट खपत हुने भएकाले बजारमा चाँडै लोकप्रियता पाउने उनले दाबी गरे ।
उनले भने, ‘हामीले सुरुमा कैलाली, नेपालगन्ज, दाङ, काठमाडौं, पोखरा हुँदै बजार विस्तार गरि रहेका छौं ।’ नेपालगञ्ज क्षेत्रमा भने केमपोल नेपालगञ्ज सप्लायर्स रहेको छ ।
नेपालगञ्जमा वितरणको जिम्मा लिएका पुस्करराज शर्माले आफु लुब्रिकेन्टको व्यावसायमा नयाँ भए पनि आफुले केही समय अघिमात्र गरेको बजार सर्वेक्षणबाट यसको उपदेयिताको बारेमा जानकारी प्राप्त गरेर व्यावसायमा प्रवेश गरेको बताए ।
लुब्रिकेन्टको व्यावसायमा नेपालमा सबै खालको लुब्रिकेन्टको विक्रि वितरणको अवस्था हेर्दा करिव १ अर्व ४० करोड बढीको कारोवार प्रतिमहिना हुने गरेको तथ्य आफुहरुले पाएको भन्दै गुणस्तरमा कुनै पनि सम्झौता नगरी आफ्ना उत्पादनको बजारीकरण गर्ने व्यवसायी शर्माले बताए ।
सो अवसरमा कम्पनीका निर्देशक निलिमा शक्सेना, करण टण्डनलगायतको उपस्थिति रहेको थियो । कम्पनीका उत्पादनहरु शनिबारदेखि नै विक्रिबितरण सुरु गरिएको हो ।


Next Post

जाजरकोट प्रशासनद्वारा अनुगमन, व्यापरीहरुको भागाभाग

२० आश्विन २०७५, शनिबार १९:४६
सदरलाइनडटकम, जाजरकोट : चाडपर्वका बेला कृतिम अभाव श्रृजना गरी मूल्य बृद्धि गर्ने व्यापरीविरुद्ध प्रशासनले अनुगमन थालेपछि जाजरकोटमा व्यापारीहरूको भागाभाग भएको छ । नेपालीहरुको महान पर्व दशैंको मुखैमा अवैधरुपमा मूल्यबृद्धि गर्ने व्यापरीविरुद्ध जिल्ला प्रशासन कार्यालय जाजरकोटले मुख्य व्यापारिक केन्द्रहरुमा थालेपछि व्यापारीहरुको भागाभाग भएको हो । कालोबजारी, म्याद गुज्रेको सामग्री बिक्री गर्दै आएको […]