बाँकेमा २७ गतेसम्म निषेधाज्ञा थप

सदरलाइन संवाददाता २० बैशाख २०७८, सोमबार १३:५३
 

नेपालगञ्ज : बाँकेमा जारी निषेधाज्ञा थप एक साता बढाइएको छ । कोभिडको अवस्थालाई गम्भीरतापूवर्क लिँदै संक्रमण फैलावटको सांङ्गलो तोडन सोमबार रातीसम्म जारी रहेको निषेधाज्ञालाई थप एक साताका लागि बढाइएको छ ।

जिल्लामा कोभिड १९ को संक्रमण दरमा कमी नआएको र दिन प्रतिदिन संक्रमितहरुको संख्या बढि रहेको अवस्थालाई बिश्लेषण गर्दै बैशाख २७ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार यसअघिका निर्णय अनुसार अहिले पनि अत्यावश्यक कार्यहरु गर्न पाईने साथै सुरक्षाका मापदण्ड पालना अनिवार्य गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीमा खाना खुवाउन उपमहानगरले सहयोग गर्ने

२० बैशाख २०७८, सोमबार १३:५३
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कोभिड संक्रमित र अन्य विरामीका कुरुवालाई लक्षित गर्दै सञ्चालित अञ्जनी माता रसोईलाई नेपालगञ्ज उप–महानगरपालिकाले मासिक एकलाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । विगतमा अस्पतालमा उपचाररत विपन्न विरामी र कुरुवाहरुलाई २० रुपैयाँमा प्रति छाक विहानको खाना खुवाईरहेको रसोईलाई उप–महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ […]