गुरुद्वारालाई मेयर राणाको तलब र भत्ता सहयोग

सदरलाइन संवाददाता ८ माघ २०७८, शनिबार १५:५८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले नेपालगञ्जस्थित गुरुद्वारालाई तलबभत्ता सहयोग गरेका छन् ।

मेयरमा निर्वाचित हुनासाथ मासिक तलबभत्ता सामाजिक कार्यमा सहयोग गर्ने वाचा गरेका राणाले शनिबार गुरुद्धारा पुगेर एक महिनाको तलब र भत्ता गरि चालिस हजार रुपैयाँ गुरुद्वारा समितिका अध्यक्ष राजेन्द्र सिंह सरदारलाई हस्तान्तरण गरे ।


सो अवसरमा मेयर राणाले आफ्नो सुविधा सामाजिक संघ संस्थामार्फत सामाजिक कार्यमा खर्च गरिरहेको बताए । उनले शिख समुदायको गुरुनानक जयन्तीलगायत अन्य धर्मावलम्बी र समुदायको महत्वपूर्ण पर्वमा विदा दिने विषयमा आफु सकारात्मक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतको मुम्बईमा २० तले भवनमा आगलागी, ६ जनाको मृत्यु, २८ घाइते

८ माघ २०७८, शनिबार १५:५८
काठमाण्डौ : भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । कमला भवनको १८ औँ तलाबाट आगलागी भएको हो । ६ जनाको ज्यान गएको र २८ जना घाइते भएका इन्डिया […]