भारतको मुम्बईमा २० तले भवनमा आगलागी, ६ जनाको मृत्यु, २८ घाइते

सदरलाइन संवाददाता ८ माघ २०७८, शनिबार १६:०२
 

काठमाण्डौ : भारतको मुम्बईमा एउटा भवनमा आगलागी हुँदा ६ जनाको ज्यान गएको छ । मुम्बईको तारदेवमा रहेको एउटा २० तले भवनमा शनिबार बिहान आगलागी भएको भारतीय सञ्चार माध्ययमले जनाएका छन् ।


कमला भवनको १८ औँ तलाबाट आगलागी भएको हो । ६ जनाको ज्यान गएको र २८ जना घाइते भएका इन्डिया टुडेले जनाएको छ । घाइतेको भाटिया अस्पतालमा उपचार भइरहेको छ । १३ दमकल तथा सातवटा पानीका जेटले आगो निभाएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नरैनापुरका १२ किसानले पाए कृषक पेन्सन

८ माघ २०७८, शनिबार १६:०२
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउपालिकाले आफ्नो नीति तथा कार्यक्रममा घोषित कृषक पेन्सन कार्यक्रम कार्यान्वयनमा ल्याएर वितरण समेत गरेको छ । कृषि क्षेत्रलाई प्रोत्साहन गर्नको लागि कृषक पेन्सन कार्यक्रम लागू गर्ने नरैनापुर प्रदेशमै पहिलो पालिका भएको दाबी गरिएको छ । गत असारमा सम्पन्न गाउसभाले पारित गरेको कृषक पेन्सन कार्यक्रममा चालु आर्थिकमा […]