नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जेल चलान

सदरलाइन संवाददाता २० माघ २०७९, शुक्रबार १२:४३
 

नेपालगञ्ज : बाँकेको कोहलपुरबाट बिहीवार दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । शुक्रवार बिहान जिल्ला अदालत कैलाली उपस्थित गराइएका सांसद चौधरीलाई अदालतले पुर्जी थमाउँदै जेल पठाएको छ ।

१३ वर्ष अगाडिको सार्वजनिक सम्पत्तिमा आगजनी घटनामा दोषी ठहर भएका उनलाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।

गत मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए ।


मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ ।

तर, चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए । उनले भने, ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ ।’

फैसला भएको करिव एक दशकसम्म पनि आरोपितहरु फरार नै थिए । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए । त्यसपछि अर्का अभियुक्त सांसद अरुणकुमार चौधरी रहेको खुलेको थियो । उनलाई पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टीले तत्काल रिहा गर्न सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्व.श्याम थापा स्मृति फुटबलको तयारी पुरा

२० माघ २०७९, शुक्रबार १२:४३
नेपालगञ्ज : दोश्रो स्व.श्याम थापा स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । चर्चित फुटबलर स्व.श्याम थापा (हुईया)को सम्मान स्वरुप हुन लागेको प्रतियोगिताको दोश्रो संस्करण शनिवारदेखि शुरु हुँदैछ । आयोजक जय किसान स्पोर्टस क्लबले प्रतियोगिताको सम्पूण तयारी पुरा भएको जनाएको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. १ सैनिकमा हुने […]

सम्बन्धित