व्यापारीहरुद्वारा कोहलपुर बजार बन्द

सदरलाइन संवाददाता २८ चैत्र २०७९, मंगलवार १३:४३
 

नेपालगञ्ज : कोहलपुरका उद्योगी तथा ब्यापारीहरुले कोहलपुर बजार बन्द गरेका छन् । बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय धरासय भएको भन्दै व्यापारीहरुले कोहलपुर आज बजार बन्दको आह्वान गरेका हुन् ।

ब्यावसायिक हक हित संरक्षण समितिले मंगलवार कोहलपुर बन्दको आह्वान गर्दै आन्दोलनको घोषणा गरेको हो ।


सुरुवातमा ३ दिन आन्दोलनको कार्यक्रम घोषणा गरीएको ब्यावसायिक हक हित संरक्षण समिती कोहलपुरका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी गराएका हुन् ।

आन्दोलनको अबधिभर बैंक तथा वित्तिय संस्थाबाट हुने कारोबार ठप्प पार्ने र बृहत रुपमा शान्तिपूर्ण बिरोध र्याली गर्ने निर्णय भएको श्रेष्ठले बताए । कोहलपुरमा रहेका बैंक तथा वित्तिय संस्था पूर्णरुपमा बन्द गराईने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या

२८ चैत्र २०७९, मंगलवार १३:४३
नेपालगञ्ज : बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगञ्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् । महिला थुनुवालाई बर्दिया जिल्ला कारागारमा स्थानान्तरण गरी दुईवटै ब्लकमा पुरुष कैदीबन्दीलाई राखिएको छ । बाँके कारागारको ब्लक ‘ए’मा छ सय १७ […]