यौनिक तथा लैङ्गिक अल्पसंख्यक सरोकारवालाका लागि अभिमुखिकरण

सदरलाइन संवाददाता ७ माघ २०७८, शुक्रबार १७:५१
 


कोहलपुर (बाँके)  :  समाजमा समान अधिकार र अवसर हुनुपर्ने बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् ।

कोहलपुर नगरपालिकाको सहयोगमा पश्चिम तारा नेपालले आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सरोकारवालाहरुको सम्बन्धमा अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

कोहलपुर नगरपालिकाको उपप्रमुख सञ्जुकुमारी थारुको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा पश्चिम तारा नेपालका कार्यक्रम संयोजक परिना चौधरीले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका समस्या र चुनौतीको बारेमा जानकारी गराएकी थिईन ।

कार्यक्रममा जेनिसा खड्काले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको रुपमा आफु सार्वजनिक भएपछि घरपरिवारले सहयोग गरे पनि समाज र सांथी भाईले गरेको व्यवहारका कारण आफ्नो पढाई बीचमै छाड्नु परेको तथा अन्य विभेद भोग्नु परेको बारेमा जानकारी गराएकी थिईन ।

कोहलपुर नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख घटना शाहले सहजिकरण गरेको कार्यक्रममा कोहलपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष संगिता सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलगायतले बिभेद रहित समाज निर्माणको लागि आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published.

Next Post

अपहरण गरी बलात्कार गरेको आरोपमा नेपालगञ्जमा दुईजना पक्राउ

७ माघ २०७८, शुक्रबार १७:५१
नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको […]