लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

सदरलाइन संवाददाता १९ बैशाख २०८०, मंगलवार १५:११
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएको ६ दिनमा चौधरीको पक्षमा प्रदेश सभाका बहुमत ५३ प्रदेश सभाका सदस्यहरूले विश्वासको मत दिएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सरकारप्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउने गरी काम गर्ने मुख्यमन्त्रीले बताए ।


मुख्यमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति, लोसपा, जसपा, जनमत र प्रदेश सभाकाका एक स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । नेकपा (एमाले) ले मात्र उनको विपक्षमा मतदान गरेको थियो ।

अहिले मुख्यमन्त्रीसँगै माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्रीको रूपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधवार विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

१९ बैशाख २०८०, मंगलवार १५:११
नेपालगञ्ज : नेपालसहित विश्वभर बुधवार विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदैछ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको […]