आगलागीबाट बस जलेर क्षतिग्रस्त

सदरलाइन संवाददाता ३ भाद्र २०७८, बिहीबार १३:४६
 

नेपालगञ्ज : नेपालगञ्जको एउटा बसमा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कको विद्युत रोडको घर्ती बसबडी मर्मत सेन्टरमा मर्मतका लागि राखिएको नेपालगञ्ज–मुगु चल्ने भे १ ख २९०४ नम्वरको बसमा गएराती आगलागी भएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए ।

नेपालगञ्ज–९ का डबल रोकायको नाममा रहेको बस मुगु छाँयानाथ रारा नगरपालिलका–६ का गोविन्द भामले किनेका थिए ।


बुधवार राती साढे १ बजेतिर भएको आगलागीबाट बस जलेर पूर्णरुपमा क्षतीग्रस्त भएको छ । आगो लागेको खवर थाहा पाएलगत्तै घटनास्थलमा पुग्नुभएका खड्काले आफु चढ्ने गाडीमा राखिएको फायर बालबाट आगो निभाउने प्रयास गरेका थिए ।

त्यसपछि बारुणयन्त्र, प्रहरीलगायतको पहलमा आगलागी नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार ६० जनामा कोरोना पुष्टि

३ भाद्र २०७८, बिहीबार १३:४६
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २ सय ५९ नमुना परिक्षण गर्दा थप ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५२, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी प्रयोगशालामा ३ जना गरि थप ६० जनामा भाइरस संक्रमण […]