सदरलाइनडटकम,
नेपालगञ्ज : नागरिकहरु पनि सूचना, सञ्चार तथा प्रविधिहरुमा दक्ष राख्नुपर्नेमा जोड दिएका छन् । त्यसै गरि पैरवीको सवाललाई उठान गर्न प्रविधिको प्रयोग गर्नुपर्ने बताएका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको १ दिने सूचना, सञ्चार प्रविधिबारे कार्यशाला यहाँ सम्पन्नभएको छ ।
कार्यक्रममा सूचना, सञ्चार र प्रविधिको परिचय, तथ्याकंको विश्लेषण, सामाजिक सञ्चारलाई कसरी पैरवीमा जोड दिने भन्नेबारे विकास उद्योगीका सन्तोष गर्डौताले सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थाका सदस्य, कर्मचारीहरु, रेडियो श्रोता समुहका सहजकर्ता, सामुदायिक अनुसन्धानकर्मी, सामुदायिक सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यशालापछि सिकेका कुरा कार्यान्वयन गर्ने संस्थाका कोषाध्यक्ष अल्का मिश्रले बताइन् । सुशासन कायम गर्नुमा सामाजिक सञ्जालको प्रयोगले मदत पुग्ने कार्यक्रम प्रबन्धक रविन्द्र ज्ञवालीले जानकारी दिए ।
