अपहरण गरी बलात्कार गरेको आरोपमा नेपालगञ्जमा दुईजना पक्राउ

सदरलाइन संवाददाता ८ माघ २०७८, शनिबार १४:३४
 

नेपालगञ्ज : बाँकेको नेपालगञ्जमा बस्दै आएकी जाजरकोटकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज बस्दै आएकी ती युवती फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन् । सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए ।

मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।


प्रहरीका अनुसार खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट युवतीको अपहरण गरिएको थियो । युवतीका साथीहरुले दिएको सूचनामा आधारमा खोजी गर्दा जंगलमा बलात्कार गरेपछि पुनः घरमै लगेर बलात्कार गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको बताएको छ ।

पछि अर्का एक जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता मधु न्यौपानेले जानकारी दिए । प्रहरीले कुटपिट तथा अपहरण र बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान

८ माघ २०७८, शनिबार १४:३४
सुर्खेत : कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि सुर्खेतको वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान शुरु गरिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सार्वजनिक ठाउँलगायतका ठाउँमा धेरैले मास्क नलगाएको पाइए पछि जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को आयोजनामा शनिबार ‘तपाईको मास्क खोई ?’ अभियान शुरु गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री […]