सदरलाइनडटकम,
डुडुवा (बाँके) : सशस्त्र प्रहरीले बाँकेमा ठूलो परिमाणको लागुऔषध बरामद गरेको छ । बिओपी कालाबञ्जरबाट गएको सशस्त्र प्रहरीको गस्ती टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ भज्जुपुर्वा गाउँ नजिकैबाट करीब ८० हजार मूल्य बराबरको ‘वेलसिरेक्स’ नाम गरेको लागुऔषध बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक गोरख सिँह भण्डारीको नेतृत्वमा गएको गस्ती टोली आइतवार राती साढे १० बजे २ सय ३५ बोतल उक्त लागुऔषध बरामद गरेको बताइएको छ । भारतबाट नेपाल भित्र्याइ रहेको अवस्थामा सशस्त्र प्रहरीको टोली देखेपछि बोरामा बोकिएको लागुऔषध फालेर तस्कर फरार भएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले बताए ।
बरामद गरिएको लागुऔषध आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको उनले जानकारी दिए ।
Next Post
बर्दिया र दाङका थप ४ जनामा कोरोना पुष्टि
२९ असार २०७७, सोमबार १४:२५
सम्बन्धित
-
१३ माघ २०७८, बिहीबार १४:५१
नेपालगञ्जको भिजन आँखा अस्पतालले ‘मोडुलर अप्रेशन थियटर’ सञ्चालनमा ल्यायो
-
२७ भाद्र २०७९, सोमबार २३:३०
बाँके निर्वाचन क्षेत्र न.१ बाट संघमा माओवादी केन्द्रले ७ जनाको नाम सिफारिस गर्यो
-
७ भाद्र २०७५, बिहीबार १४:१०
वायु प्रदूषण मापन
-
२६ आश्विन २०७६, आईतवार १५:५३
बलात्कार आरोपमा किशोर पक्राउ
-
२३ कार्तिक २०७७, आईतवार १३:४४
सडक दुर्घटना हुँदा बर्दियामा दुई जनाको मृत्यु
-
१६ पुष २०७९, शनिबार १७:४७
आहारपुरक खाद्य पदार्थलाई औषधिको रुपमा भन्दा पौष्टिक आहारको रुपमा प्रयोगमा ल्याउन जोड