नवनिर्वाचित उम्मेदवारहरु खुशी साँटनमै व्यस्त

२५ मंसिर २०७४, सोमबार १९:०९
 

सदरलाइनडटकम
२५ मंसिर नेपालगन्ज :  हालसालै निर्वाचित भएका प्रदेशसभा तथा प्रतिनिधिसभाका सदस्यहरु बधाई तथा खुशीयाली साँट्न व्यस्त देखिएका छन् । आइतबार मध्यराती बाँकेको सम्पूर्ण प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपछि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिनुका साथै कार्यकर्तामाँझ खुशीयाली साँट्नमा व्यस्त देखिएका हुन् ।
सबैभन्दा धेरै सिट जितेको वाम गठबन्धनले सोमबार दिनभर बाँकेका विभिन्न स्थानमा विजय जुलुस निकालेर मतदातालाई मतका लागि धन्यवाद दिएका छन् । यसैबीच विजय जुशुलकै क्रममा बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा निर्वार्चित सांसद कृष्ण केसी (नमुना) ले राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई नमुना गाउँपालिका बनाएउने प्रतिबद्धता जनाएकि छन् ।
आजको विजय जुलुशपछिको सभालाई सम्बोन गर्दै केसीले आफुलाई मत दिएर जिताउने क्षेत्रका नागरिकको क्षेत्र पनि नमूना बनाउने अठोट गरेकी हुन् । उनले ६ महिना भित्र सबैको घरमा विद्युत बाल्ने गरी पहल गर्ने र रोकीएको विद्युतिकरणको कार्यलाई सुचारु गर्न एक हप्ता भित्र ताकेता गर्ने प्रतिबद्धता पनि जनाएकी छन् । निर्वाचनको घोषणा पत्रमा गरिएका सबै प्रतिबद्धताहरुलाई क्रमश कार्यन्वयनको चरणमा लैजाने उल्लेख गरिकी छन् ।

Next Post

प्रतिनिधि सभामा ५ सिट र प्रदेश सभाको १२ सिटको नतिजा आउन बाँकी

२५ मंसिर २०७४, सोमबार १९:०९
सदरलाइन डेस्क  २६ मंसिर, नेपालगन्ज : गत मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आउन अव केही सिटमात्र बाँकी रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधि सभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभामा ५ सिटमात्रको […]