जमुनाहा नाकाबाट लागुऔषधसहित एकजना पक्राउ

सदरलाइन संवाददाता १२ पुष २०७८, सोमबार १४:३२
 

नेपालगञ्ज : नेपालगञ्जको सिमा नाका जमुनाहाबाट लागुऔषधसहित एकजना युवक पक्राउ परेका छन् । सोमवार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाहा नाकामा लागुऔषधसहित लम्कीचुहा नगरपालिका ४ कैलालीका २४ बर्षीय कर्ण बोगटीलाई इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले रुपईडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका बोगटीलाई जाँचका क्रममा लागुऔषध १० पिस नाइट्रोभेट टयावलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाट्रन एमिल ल्याउँदै गरेको अवस्थामा जमुनाहा प्रहरीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट नेतृत्वको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।


पक्राउ परेका बोगटीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन दिन बित्दासमेत शवको पहिचान खुलेन

१२ पुष २०७८, सोमबार १४:३२
नेपालगञ्ज : शुक्रबार राती ९ बजे कोहलपुर बसर्पाकमा मृत भेटिएका पुरुषको अझै पहिचान हुन सकेको छैन । शव भेटिएको तीन दिन बितिसक्दासमेत को हो भन्ने पत्ता लग्न सकेको छैन । कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डिएपी रविन्द्र खनालले बसपार्कमा भेटिएको शवको परिचय नखुलेको बताएका छन् । उनका अनुसार बसपार्कमा मागन्ते […]