‘वर्तमान गठबन्धनको कार्यभार संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु’

सदरलाइन संवाददाता २७ श्रावण २०८१, आईतवार १८:४१
 

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने रहेको बताएका छन् ।

कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा आफ्ना धारणा व्यक्त गर्दै वर्तमान गठबन्धन सरकार निर्माणको क्रममा संविधान सुधार र राजनीतिक स्थायित्वको कुरा गम्भीरतापूर्वक उठाइएको उल्लेख गरे ।


नेता कोइरालाले भने,–‘वर्तमान गठबन्धनको प्रमुख कार्यभार संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने हो । निःसन्देह दुई ठूला दल मिल्नुको औचित्य संविधान संशोधनलगायत साझा राष्ट्रिय कार्यसूची बनाएर जनभावनाअनुसार कार्यान्वयनमा लैजानसक्दा आमजनताको भरोसा र विश्वास जित्न सकिन्छ । नेपालको संविधान आमनेपालीको साझा दस्तावेज हो । यसमा गरिने सुधारको प्रक्रिया अगाडि बढाउँदा संविधानको स्वीकारोक्तिमा आमनेपाली भावना जोडिनुपर्छ ।’

साझा राष्ट्रिय कार्यसूची बनाउँदा कांग्रेसले आफ्नो घोषणापत्रमा भएका प्रतिबद्धतालाई बिर्सन नमिल्ने उनको भनाइ थियो । वर्तमान सरकार गठनका सन्दर्भमा कांग्रेस र नेकपा (एमाले)ले सुशासनको धेरै प्रतिबद्धता गरेको उल्लेख गर्दै नेता कोइरालाले व्यवहारमा सङ्घ र प्रदेशमा मन्त्रीहरु छनोटले सुशासनलाई जिस्क्याइरहेको टिप्पणी गरे ।

‘सरकार छ भन्ने अनुभूति आमनागरिकलाई सङ्कटको समय सबैभन्दा बढी हुन्छ । अहिले ती नेपालीहरुकाबीच सरकार पुग्नुपर्छ जो बाढी, पहिरो, दुर्घटना र प्राकृतिक प्रकोपका अनेकन समस्याहरुसँग जुध्दै छन’–उनले भने, ‘तिनको उद्धार, राहत, उपचार र पुनःस्थापना सरकारको प्रमुख दायित्य हो । म चाहन्छु हामी संलग्न सरकारले यस मानवीय कार्यलाई एकछिन पनि ढिलो नगरी सम्बोधन गर्ने सक्रियता देखाओस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी प्रसाईको निधन

२७ श्रावण २०८१, आईतवार १८:४१
नेपालगञ्ज  : नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी अच्युत प्रसाईको उपचारको क्रममा आईतबार निधन भएको छ । लामो समयदेखि न्युमोनियाको कारण समस्याग्रस्थ रहेका प्रसाई नेपालगञ्ज विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको संयोजक समेत रहेका थिए । नेपालगञ्ज उद्योग बाणिज्य संघलाई उनकै कार्यकालमा नयाँ र नविन सोचका साथ संस्थागत विकास भएको […]

सम्बन्धित