जनमत पार्टी बाँकेले संगठन विस्तार गर्दै

सदरलाइन संवाददाता १२ भाद्र २०७८, शनिबार १६:४५
 

नेपालगञ्ज : जनमत पार्टी बाँकेले संगठन विस्तारलाई तिब्रता दिएको छ । यसै क्रममा पार्टीको भातृ संगठन महिला जनमत संघ वार्ड गठन गरेको छ । ज्योती हरिजनको अध्यक्षतामा १५ सदस्यीय महिला जनमत संघ वार्ड समिति गठन गरेको हो ।

पार्टीकी बाँके सदस्य निलम तमोलीको अध्यक्षतमा भएको कार्यक्रममा संगठन बिभाग प्रमुख रियाज अहमद शेषले प्रशिक्षण दिएको केन्द्रीय सदस्य इरफान अहमद शेषले बताए ।

कार्यक्रममा बोल्दै बाँके जिल्ला संगठन प्रमुख रियाज अहमद शेषले आउने चुनावमा जनमत एक नम्बरको पार्टी बन्ने पक्का भएको ठोकुवा गरे । त्यस्तै जनमत पार्टीका नेता इरफान अहमदले जनमत पार्टी पहिलाको जस्तो मधेसवादी नभई सच्चा मधेसी जनताको पार्टी भएको बताए ।


मुस्लिम जनमत संघ बाँकेका अध्यक्ष अब्दुल वाहिद शेषले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरुले अब मधेशको गाउँगाउँमा घरघरमा गठित मधेशवादीको भन्डाफोर गर्ने बताएका थिए । आगामी चुनावबाट मधेशमा जनमतको बाक्लो उपस्थिति रहने भन्दै उनीहरुले मधेसी जनतालाई मुर्ख बनाई खानेहरुको पहिचान मधेसी जनताले गरिसकेको बताए ।

यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४ दर्जन भन्दा बढि जनमत पार्टीमा प्रवेश गरेको मुस्लिम जनमत संघका जिल्ला अध्यक्ष अब्दुल वाहिद शेषले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना कहरमा सहयोग गर्ने दातालाई भेरी अस्पतालको सम्मान

१२ भाद्र २०७८, शनिबार १६:४५
नेपालगञ्ज : कोरोना कहरको बेलामा आईशोलेशन निर्माण गर्न, विभिन्न उपकरण तथा स्वास्थ्य सामाग्री सहयोग गर्ने दातालाई नेपालगन्जको भेरी अस्पतालले सम्मान गरेको छ । अस्पतालले शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कोरोना महामारीको बेलामा अस्पताललाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्था गरी ७८ जनालाई सम्मान गरेको हो । अस्पतालले शनिबार […]