राप्तीसोनारीमा निःशुल्क आँखा शिविर

सदरलाइन संवाददाता २६ पुष २०७८, सोमबार १२:३६
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा सोमवादेखि निःशुल्क आँखा शिविर शुरु भएको छ । पालिकाका नौँ वटै वडामा आँखा शिविर हुने जानकारी दिँदै गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सोमवारदेखि पालिकाको वडा नम्वर १ स्थित खासकुश्मा स्वास्थ्य चौकी कुसुममा शिविर भइरहेको बताए ।

२७ गते वडा नम्वर २ को कचनापुर स्वास्थ्य चौकी, २८ गते वडा नम्वर ८ को आधारभूत स्वास्थ्य केन्द्र शम्शेरगन्ज, २९ गते वडा नम्वर ९ को महादेवपुरी स्वास्थ्य चौकी ढकेरीमा शिविर हुने छ ।


यस्तै ३० गते वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्र भवानियापुर, माघ ३ गते वडा नम्वर ४ को राप्तीसोनारी अस्पताल, ४ गते वडा नम्वर ५ को बिनौना स्वास्थ्य चौकी, ५ गते वडा नम्वर ७ को फत्तेपुर स्वास्थ्य चौकी र ६ गते वडा नम्वर ६ को आधारभूत स्वास्थ्य केन्द्र कमैया डाँडामा शिविर बस्ने छ ।

नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको आयोजना र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा शिविर आयोजना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

२६ पुष २०७८, सोमबार १२:३६
नेपालगञ्ज : शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमवार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । आइतवार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको […]

सम्बन्धित