नेपालगञ्जमा लगाईएको कफ्र्यु साँझ ८ बजेसम्मका लागि हटाईयो, निषेधज्ञा कायमै

सदरलाइन संवाददाता १८ आश्विन २०८०, बिहीबार ०९:०१
 

 

नेपालगञ्ज  : नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि गत मंगलबारदेखि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यू आदेश तीनदिन पछि खुकलो पारेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्धारा आज विहान जारी विज्ञप्तीमा असोज १८ गते बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म नेपालगञ्ज क्षेत्रमा लगाइएको कफ्र्यु हटाउने र १८ गते साँझ ८ बजेदेखि १९ गते बिहान ६ बजेसम्म कफ्र्यु रहने उल्लेख छ । यो स्थानमा कफ्यु हटेको समयमा निषेधज्ञा जारी भएको छ ।


स्थानीय प्रशासनले जारी कर्फु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ (क) (१) (३) बमोजिम २०८० असोज १६ गते दिउसो १ बजेदेखि लागू हुने गरि अनिश्चित कालिन कर्फु आदेश जारी गरेको थियो ।

साथै स्थानीय प्रशासनले पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रमा भेला, बैठक, सभा, जुलुस, पोस्टर पम्पलेट, जस्ता प्रचार सामाग्री प्रयोग गर्न टाँस्न नपाईने, हुलमा जम्मा हुन वा एक ठाँउमा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निशेधज्ञा समेत जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैमा अपिल गरिएको छ । नेपालगञ्जमा उत्पन्न पछिल्लो घटनाक्रमपछि हिजो मात्र सर्बदलिय सर्बपक्षिय बैठक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा आज राती पनि कफ्र्यु जारी

१८ आश्विन २०८०, बिहीबार ०९:०१
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरभित्र आज राति पनि कर्फ्यु जारी गरिएको छ । स्थानीय प्रसाशनले आज राति ८ बजेबाट भोलि विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो । शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रसाशनले आज दिउँसोभर निषेधाज्ञ जारी गरेको थियो । नेपालगञ्जमा केही दिनदेखि जारी कर्फ्यु र निषेधाज्ञासहित वार्ता […]