सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ ले एक घर, एक करेसबारी कार्यक्रमअन्तर्गत आइतवार तालिम दिएको छ । वडा कार्यालयले एक घर, एक करेसाबारीको नीतिका साथ यसबर्ष तरकारी बीउ खरिद र तालिम सञ्चालनका लागि २ लाख ५० हजार बजेट छुट्याएको छ ।
वडा कार्यालयबाट बीउ लिएका घरधनीले तरकारी उत्पादन गरिसकेको बताएका छन् । जैविक मल प्रयोग गरी करेसाबारी वा घरको छतमा तरकारी खेती नगर्ने घर परिवारलाई वडा कार्यालयबाट दिइने सेवा सुविधासमेत रोक्नसक्ने वडाअध्यक्ष प्रमोद रिजालले बताए । वडाबासीको स्वास्थ्यका लागि बिषादिरहित तरकारी उत्पादनका लागि कार्यक्रम ल्याइएको उनले बताए ।
यसबर्ष शुरु भएको कार्यक्रमअन्तर्गत प्रत्येक घरधुरीसम्म पुग्ने योजना वडा कार्यालयको छ । प्राकृतिक श्रोत संरक्षण तथा समाज विकास केन्द्र बाँकेको सहकार्यमा वडा कार्यालयले एक घर, एक करेसाबारी कार्यक्रम ल्याएको हो ।
Next Post
भर्याङबाट लडेर सल्यानमा एकको मृत्यु
२३ मंसिर २०७५, आईतवार १६:४१
सम्बन्धित
-
६ चैत्र २०७७, शुक्रबार १४:३३
बन्यजन्तुका अंगसहित बाँकेमा ३ जना पक्राउ
-
३ भाद्र २०७७, बुधबार १८:२८
नेपालको पत्रकारितामा कोभिड–१९ को असर प्रतिवेदन सार्वजनिक
-
२२ असार २०७४, बिहीबार १९:४६
नेपालगन्जका उप–महानगरका जनप्रतिनिधिले गरे पदभार
-
३१ जेष्ठ २०८०, बुधबार १४:४९
विद्यार्थीहरूलाई यातायातमा छुटको माग गर्दै ज्ञापनपत्र
-
२७ माघ २०७६, सोमबार १६:३९
युवा बिद्यार्थीद्वारा भेरी अस्पताललाई ध्यानाकर्षण पत्र
-
७ श्रावण २०७९, शनिबार १३:५३
साढे १७ लाख भारतीय नोटसहित २ जना पक्राउ