कोहलपुरमा एक युवती मृत फेला

सदरलाइन संवाददाता १८ बैशाख २०८०, सोमबार १३:३०
 

नेपालगञ्ज : कोहलपुर नगरपालिका वडा नम्बर २ बर्दहवामा एक २० वर्षीया युवती मृत अवस्थामा फेला परेकी छिन् ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीका अनुसार स्थानीय २० वर्षीया प्रिती थारु घरमै मृत अवस्थामा फेला परेकी हुन् ।


मृत फेला परेपनि घटना शंकास्पद रहेको हुँदा ‘मृतकले आत्महत्या गरेको हो की हत्या नै हो भन्ने कुरा पोस्टपार्टम् रिपोर्ट आएपछि खुल्छ’ डीएसपी तिवारीले भने, ‘घटना शंकास्पद भएकोले तीन जनालाई नियन्त्रणमा लिएका छौं ।’ कोहलपुर प्रहरीले श्रीमान्, ससुरा र जेठाजुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

घटनाको दिन बिहान समेत श्रीमानसहित घरपरिवारका सदस्यले कुटपिट गरेको खुल्न आएको कोहलपुर प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवामा स्वस्थ जीवनशैलीबारे अभिमुखीकरण

१८ बैशाख २०८०, सोमबार १३:३०
नेपालगञ्ज : बाँके डुडुवा गाउँपालिका–०४ शाहपुर्वामा पालिकास्तरीय स्वस्थ जीवनशैली अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नागरिक आरोग्य कार्यक्रम अन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेले कार्यक्रमको आयोजना गरेको थियो । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगञ्जका कार्यालय प्रमुख डा. अनिल कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा जिल्ला […]