नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते

सदरलाइन संवाददाता २ जेष्ठ २०८०, मंगलवार १२:१५
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

कोहलपुरबाट शिविरका लागि गएको भे १ क ३१८ नम्बरको बस डडेलधुरा र बैतडीको सिमामा पर्ने अनारखोलीमा सोमवार राती पौने ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरमा आयोजना गरिएको स्वास्थ्य शिबिरका लागि मेडिकल कलेज कोहलपुरका स्त्री रोग विशेषज्ञ डा. बिनोद महासेठको नेतृत्वमा नर्सिङसटाफ र प्राबिधिक सहितको २४ जनाको टोली सोमवार दार्चुलाका लागि हिंडेको थियो ।


अस्पतालका सामाजिक सेव इकाइ उप–प्रमुख अब्दुल हुसेन खाँका अनुसार घाइतेहरुको डडेलधुरा अस्पतालमा उपचार भैरहेको छ । उनीहरु सबैको स्वास्थ्य अबस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।

दुर्घटनामा दुई जनालाई अलि गहिरो चोट छ भने अरु सबैको अबस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर दुर्घटनामा परेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन

२ जेष्ठ २०८०, मंगलवार १२:१५
बैजनाथ (बाँके) : बैजनाथ गाउँपालिकामा मृगौलाको प्रारम्भिक जाँच शिविर सञ्चालन गरिएको छ । बैजनाथ गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालनमा ल्याइएको हो । शिविरको गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले शुभारम्भ गरेकी हुन् । स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले दिएको जानकारी अनुसार बैजनाथको वडा नम्बर २ र ४ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा […]

सम्बन्धित