२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

बालिकालाई विद्यालयमा टिकाउनका लागि नीतिगत संबाद



नेपालगञ्ज :  विद्यालयमा बालिका टिकाउने उद्देश्यले बाँके युुनेस्को क्लबले नीतिगत संबाद कार्यक्रम लुम्बिनी प्रदेश अन्तरगत कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्पन्न गरेको छ ।

प्लान नेपालसँगको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित बाल बिबाह, छिटो हुने बिबाह र जबरजस्ती हुने बिबाह रोकथाम परियोजना अन्तरगत सो संवाद कार्यक्रमको आयोजना गरिएको हो ।

बिद्यालय बाहिर रहेका बालिकाहरु बालबिबाहमा संलग्नहुने उच्च जोखिममा रहेकोले बालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने र उनीहरुलाई बिद्यालयमा टिकाई उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्ने मुख्य उध्येश्यका साथ सो संवाद आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

लुम्बिनी प्रदेशस्तरीय कानुन, महिला तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको अध्यक्षतामा संपन्न कार्यक्रममा श्रम तथा रोजगार तथा यातायात मन्त्रालयका उपसचिव तारा ज्ञवाली, शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र भुषाल र तिलकराम पौडेल, कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रमुख महिला विकास अधिकृत शारदा बस्याल, कानुन अधिकृत सिता घिमेरे लायगतको उपस्थिती रहेको थियो ।

त्यसैगरी गुलरिया नगरपालिकाका महिला, बालबालिका शाखा प्रमुख शिला शाह, प्लान ईन्टरनेशनलका दुर्गा खत्री, बाँके युनेस्को क्लबका उपाध्यक्ष पंचम गुरुङ्ग, कार्यक्रम संयोजक महेश नेपालीको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा बालिकालाई बिद्यालयमा टिकाई राख्नका लागि बाँके युनेस्को क्लबले गरेका कार्यहरुको प्रस्तुती कार्यक्रम संयोजक महेश नेपालीले गरेका थिए । परियोजनाको बारेमा तथा सहभागीबाट आएका कुराहरुमा प्रष्ट पार्ने कार्य प्लान नेपालका दुर्गा खत्रीले गरेका थिए ।

अर्जुन थापाले सहजिकरण गरेको कार्यक्रमको अन्त्यमा बालबिबाह अन्त्य र बालिकालाई विद्यालयमा टिकाई उनीहरुको शिक्षामा गुणस्तरीयता ल्याउन मन्त्रालयले बिभिन्न संघ, संस्थासँग समन्वय गरी नीति तथा बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रकाशित मिति : २०७८ पुस १० गते शनिबार
ताजा समाचार