जनमत अर्धसाप्ताहिकको कार्यक्रममा ३५ जनाद्वारा रक्तदान

सदरलाइन संवाददाता ३ पुष २०७८, शनिबार १६:४४
 

नेपालगञ्ज : नेपालगञ्जबाट विगत ४० वर्षदेखि प्रकाशित हुँदै आएको जनमत अर्धसाप्ताहिक पत्रिकाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वयम्सेवी रक्तदाताहरु पत्रकार, व्यवसायी, स्वास्थ्यकर्मी लगायत तीन जना महिला सहित ३५ जनाले रक्तदान गरेका छन् ।

ग्रेस ग्लोबल टे«डिङ प्रालि, कारकाँदौ चोक नेपालगञ्ज–१८ बाँकेको सहकार्यमा भएको रक्तदान कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपालगञ्ज नगरि समितिकी अध्यक्ष दिला शाह र जनमत सम्पादक पूर्णलाल चुकेले प्राविधिकलाई रगत संकलन गर्ने प्याकेट प्रदान गरी शुरु भएको थियो ।

जनमतले आफ्नो रजत वार्षिकोत्सव २०६३ साल वैशाख २९ गतेदेखि हरेक तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । विशेषगरि रगतको अभावमा छट्पटाइरहेका गरीब, असहाय र दूर दराजबाट आउने विरामीहरुलाई लक्षित गरेर “रक्तदान महादान”को पवित्र उद्देश्यले आयोजना गर्दै आएको रक्तदानको यो ५१ औं श्रृङ्खला हो ।


कार्यक्रम संयोजक पवन जायसवालका अनुसार रक्तदान गर्नेहरुमा अन्नपूर्णा दैनिकका प्रदेश व्यूरो प्रमुख शंकर प्रसाद खनाल, दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरे, मन मोहन वर्मा, स्वयम्सेवी रक्तदाता नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज नगर समितिकी अध्यक्ष दिला शाह, जानकी गाउँपालिका वार्ड नं.५ का वडाध्यक्ष रमेश कुमार वर्मा, सुश्री स्वेता विष्ट, सुश्री सुस्मिता परियार, लक्ष्मण प्रसाद चमार, रेडक्रसका प्राविधिक होमराज गिरी, भगवान शरण यादव, पत्रकारहरु भगतराम थारु, शम्भु प्रसाद थारु, चन्द्रेश्वरराज त्रिपाठी, भिष्म लोध, नारायण प्रसाद मौर्या, मेघराज जिएम, रोहित गुप्ता, चर्चित युवा कलाकार प्रमोद डिजी, गौतम प्रसाद पौडेल, लक्ष्मण कुमार वैश्य, धर्मेन्द्र सिंह, पवन कुमार वैश्य, विनोद कुमार वैश्य, निरन थारु, कुलेन्द्र विश्वकर्मा, गप्फार अली शेष, सागर भट्ट, राम बाबु बढही, विवेक पराजुली, दिनेश कुमार वर्मा, राम कुमार बढही, गुरुदीन यादव, रुस्तम अली दर्जी लगायत ३५ जनाले रक्तदान गरेका छन् ।

सो अवसरमा रक्तदाताहरुलाई ग्रेस ग्लोबल टे«डिङ प्रालिका सञ्चालकद्वय वेद प्रकाश सिंह ठकुरी र रण बहादुर शाहीले रक्तदान कार्यक्रमको लागो अंकित ज्याकेट वितरण गरेका थिए ।

सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित लुम्विनी प्रदेशका प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीको नेतृत्वमा होमराज गिरी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, खगेन्द्र भट्टराई, हरि बहादुर दर्लामी, बैकुण्ठ रेग्मी लगायतले प्राविधिक सहयोग गरेका थिए भने कार्यक्रममा आकाश जायसवालले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका स्थानीयतहमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अभिमुखिकरण सम्पन्न

३ पुष २०७८, शनिबार १६:४४
गुलरिया (बर्दिया) :  बर्दियाका ६ वटा स्थानीय तहमा सुरु भएको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिने अभिभुखिकरण सम्पन्न भएको छ । ठाकुरबाबा, बारबर्दिया, राजापुर, गुलरिया ,मधुवन नगरपालिका र गेरुवा गाउपालिकाका शिक्षाका सरोकारवाला निकायहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धी अभिमुखिकरण गोष्ठी बर्दियाको गुलरियामा सम्पन्न भएको हो । दुइ दिनसम्म संचालन भएको अभिभुखिकरणमा […]

सम्बन्धित