सदरलाइनडटकम,
बुटवल : अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानिमा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म ८ जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए ।
उनका अनुसार मृतक र घाइतेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानीयवासीले उद्धार गरिरहेका छन् । बसमा कति यात्रु थिए भन्ने अहिले सम्म खुलेको छैन । थप जानकारी आउन बाँकी छ ।
