बर्दियाका स्थानीयतहमा स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अभिमुखिकरण सम्पन्न

सदरलाइन संवाददाता ३ पुष २०७८, शनिबार १८:४८
 


गुलरिया (बर्दिया) :  बर्दियाका ६ वटा स्थानीय तहमा सुरु भएको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिने अभिभुखिकरण सम्पन्न भएको छ ।

ठाकुरबाबा, बारबर्दिया, राजापुर, गुलरिया ,मधुवन नगरपालिका र गेरुवा गाउपालिकाका शिक्षाका सरोकारवाला निकायहरुका लागि स्थानीय पाठ्यक्रम सम्बन्धी अभिमुखिकरण गोष्ठी बर्दियाको गुलरियामा सम्पन्न भएको हो ।

दुइ दिनसम्म संचालन भएको अभिभुखिकरणमा सहभागी पालिकाहरुले हालसम्म निर्माण गरेका स्थानीय पाठ्यक्रमकोे अबस्था बारे पालिका स्तरको अन्तरकृया समेत गरिएको छ ।

पाठ्यक्रमको अवधारणा र पूर्वाधारहरु, स्थानीय पाठ्यक्रमको परिचय, विकास र वर्तमान अवस्था, स्थानीय पाठ्यक्रमको रुपरेखाको बारेमा छलफल, स्थानीय पाठ्यक्रमका सम्भावित विषयवस्तुहरु स्थानीय पाठ्यक्रम निर्माणको अभ्यास र प्रस्तुती गरिएको कार्यक्रम अधिकृत लक्ष्मीप्रसाद शर्माले जानकारी दिए ।


गोष्ठीमा स्थानीय तहले गरेका असल अभ्यासहरुलाई सिकाइ आदान प्रदान गर्नुका साथै सहभागी पालिकाहरुले स्थानीय पाठ्यक्रम निर्माण र परिमार्जन सहित स्विकृतीका लागि मधुवन नगरपालिकाले पुस मसान्त भित्र, गुलरिया नगरपालिकाले चैत मसान्त भित्र, राजपुर नगरपालिकाले बैशाख मसान्त भित्र, गेरुवा गाउपालिकाले जेष्ठको पहिलो साता र अन्य दुइ पालिका बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाले परिमार्जन सहित स्विकृती हुने गरि कार्ययोजना निर्माण गरेको छ ।

सो अभिमुखिकरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व उपसचिव, जीतबहादुर शाहले सहजिकरण गरेका थिए । ६ वटा स्थानीयतहको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अभिभुखिकरण गोष्ठीमा शिक्षा शाखा प्रमुख, शिक्षा समितिका पदाधिकारी, स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका १८ जना पदाधिकारीहरुको सहभागीता रहेको छ परियोजना अधिकृत शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा तीन दिने निःशुल्क आँखा शिविर

३ पुष २०७८, शनिबार १८:४८
नेपालगञ्ज : बाँकेको खजुरामा आइतवारदेखि निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । नेपाल नेत्र ज्योति संघ फत्तेवाल आँखा अस्पताल फुलटेक्रा र तेज कोहली रुइत फाउण्डेशन र खजुरा गाउँपालिकाको सहकार्यक्रमा तीन दिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो । आइतवार पहिलो दिन स्वास्थ्य चौकी राधापुर र स्वास्थ्य चौकी सीतापुरमा आयोजना भएको […]

सम्बन्धित