राप्तीसोनारीमा सिकलसेलबारे परामर्श शिविर शुरु

सदरलाइन संवाददाता १८ जेष्ठ २०७९, बुधबार १७:२५
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका ४ बैजापुरमा बुधवारदेखि सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङ तथा परामर्श शिबिर शुरु भएको छ । थारु समुदायमा बंशानुगतरुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिबिर संचालन गरिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा आयोजित शिविरको एक कार्यक्रमका बीच गाउँपालिकाका प्रमुख तप्त पौडेलले उदघाटन गरेका छन् । राप्तीसोनारी–४ स्थित कुम्भवर विद्यालयमा शिविर आयोजना गरिएको छ ।

१३ वर्षीया किशोरी एलिना थारुको रगतको नमुना संकलन गरेर शिविरको सुरुवात गरिएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कंचनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोगको संक्रमण देखिएको छ ।


राप्तीसोनारीमा पनि थारु समुदायको बसोबास बढी रहेकाले सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिबिर आयोजना गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए । शिविरमा सिकलसेल ल्याव विज्ञ संजिव चौधरीसहितको टोली खटिएको छ ।

बुधवारदेखि शुरु भएको शिविरमा दैनिक ५० जनाको रगत नमुनाका लागि संकलन गरिने छ । राप्तीसोनारीमा करिव २ हजारको नमुना संकलन गर्ने लक्ष्य लिइएको छ ।

प्रायः थारु जाती विशेषमा मात्रै देखिएको यो रोगको निदान र ब्यबस्थापनमा पछिल्लो समय सरकारले चासो दिन थालेको छ । सरकाराले यो रोगलाई जनस्वास्थ्य समस्याका रुपमा लिदै रोगको पहिचान पुष्टि भएकालाई एक लाख सहयोग गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस बाँकेको पार्टी कार्यालयमा तालाबन्दी

१८ जेष्ठ २०७९, बुधबार १७:२५
नेपालगञ्ज : नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा संस्थापन समुहका असन्तुष्ट नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् । पार्टी सभापति नारायण प्रसाद गौडेलले कार्यसमितिको बहुमतको निर्णय बिना पार्टीको विधान विपरित कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदिय समिति गठन गरेको आरोप लगाउँदै पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो । बुधबार नेपाली […]