खजुरामा जेष्ठ नागरिक स्वास्थ्य शिविर

३ फाल्गुन २०७६, शनिबार १८:२९
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकामा शनिवारदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो ।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिएको जानकारी दिए । उनले बिगत २ वर्षदेखि नै घरदैलोमै पुगेर जेष्ठ नागरिकलाई सेवा दिने गरेकोमा यो वर्षदेखि यसलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न लागिएको बताए ।
८ वटै वडामा १० गतेसम्म चल्ने शिविरको रनियापुरमा समापन गरिने खजुरा गाउँपालिका नर्सिङ्ग अधिकृत एवं शिविर संयोजक लक्ष्मी केसीले जानकारी दिइन् । उनले गाउँपालिबाट पाउने जेष्ठ नागरिक भत्ताको प्रमाण ल्याएर आएका जेष्ठ नागरिकहरुलाई शिविरमा ब्लड सुगरको जाँचदेखि रक्तचाप र मधुमेहको १५÷१५ दिनमा औषधि दिईने संयोजक केसीले बताईन् ।
उनले शिविरमा मेडिकल डाक्टर २ जना र फिजिशियन डाक्टर १ जना शिविरमा खटिएको बताईन् । पहिलो दिन राधापुर शिविरमा बृद्ध महिला १ सय ७ र बृद्ध पुरुष ४९ गरि १ सय ५६ जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको खजुराका जनस्वास्थ्य अधिकृत पूर्ण खड्काले जानकारी दिए । उनले शिविरमा ३ जना ९० बर्षीया बृद्ध महिलाको समेत स्वास्थ्य परीक्षण गरिएको बताए ।

Next Post

ब्राउन सुगरसहित कैलालीमा दुई पक्राउ

३ फाल्गुन २०७६, शनिबार १८:२९
सदरलाइनडटकम, कैलाली : प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित कैलालीमा दुई जना पक्राउ परेका छन् । सु.प.प्र.०१–००७ प ९२९१ नम्बरको मोटरसाइकलमा लागुऔषध बोकी हिँडिरहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । लम्की चुहा नगरपालिका वडा नम्बर १ भुरुवाका २४ वर्षीय चन्द्र बहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको […]

ताजा अपडेट