बबई सिंचाइँ आयोजनाले शुक्रवारबाट नहरमा पानी छोड्ने

सदरलाइन संवाददाता २३ मंसिर २०७८, बिहीबार १७:४३
 

नेपालगञ्ज : बर्दियाको बबई सिंचाइँ आयोजनाले शुक्रवारबाट नहरमा पानी छोड्ने भएको छ ।

बबई सिंचाइँ आयोजना पुर्वा क्षेत्र जल उपभोक्ता समितिको बैदीमा भवन शिलान्यास गरेर शुक्रवारनै जल उपभोक्ता समितिले निर्णय गरेर पानी छोड्ने आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले बताए ।

बबई सिंचाइँ आयोजनाले पानी नछोड्दा हिउँदे तरकारी बाली सुक्न लागेको छ । गहुँ, तोरी, आलु र तरकारीमा पानीको प्रतिक्षामा बसेका किसान खुसी भएका छन् ।


बबई सिंचाइँ आयोजना पूर्व क्षेत्र जल उपभोक्ता समितिले पानी छोड्ने निर्णय नगरेकाले ढिलाई भएको सूचना अधिकारी घोरासैनीले बताए । गएको असोज ३१ गते अन्तिम पटक पानी परेको थियो ।

२०४५/४६ सालबाट निर्माण शुरु भएको आयोजना ३३ बर्ष पुग्दा पनि ५२ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । बर्दियाका ३६ हजार हेक्टर क्षेत्रफलमा सिंचाइँ गर्ने योजनाका साथ शुरु भएको योजनाले अझै पूर्णता भने पाउन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ शिकारी पक्राउ

२३ मंसिर २०७८, बिहीबार १७:४३
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा हतियारसहित चार शिकारी पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले शिकार गर्न गएका चार जना शिकारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बर्दियाको भेरी गंगा नगरपालिका ५, हात्तिखाल बस्ने ३७ वर्षीय लक्ष्मण गिरी, ६२ […]