नेपालमा कोरोनाका थप तीन बिरामी भेटिए

१० बैशाख २०७७, बुधबार १७:४१
 

सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित प्रेस ब्रिफिङमा यसको जानकारी दिएका हुन् । बीपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गर्दा २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरुषमा कोरोना देखिएको उनले बताए । संक्रमित हुनेहरू उदयपुरको भुल्केकै रहेको बताइएको छ ।
यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ । ४५ कोरोना संक्रमितमध्ये अहिलेसम्म ७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो पटक धनगढीको सेती अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट दुईजना बिरामी बुधबार डिस्चार्ज भएका छन् ।

Next Post

मध्यरातमा समाजवादी र राजपाको पार्टी एकता

१० बैशाख २०७७, बुधबार १७:४१
सदरलाइनडटकम, काठमाडौं  : संघिय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ भने झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ । राजपा अध्यक्ष मण्डलका संयोजक […]