विद्युत बितरण केन्द्र कोहलपुर कर्मचारी संघद्वारा रक्तदान

सदरलाइन संवाददाता १ भाद्र २०७९, बुधबार १२:४१
 

कोहलपुर (बाँके) : नेपाल विद्युत प्राधिकरणको ३७ औं वार्षिकोत्सवका अवसरमा बाँकेको कोहलपुरमा रक्तदान गरिएको छ । नेपाल विद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्र कर्मचारी इकाई संघको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

इकाई संघका सभापति सुरजलाल चौधरिको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त सञ्चार केन्द्र कोहलपुरसंगको समन्वयमा हालसम्म ३० प्वाईन्ट रगत संकलन भएको र ६० बढि रक्तदाताले रक्तदान गर्न नाम दर्ता गराएको नेपाल विद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्र कर्मचारी इकाई संघका भाईराजा श्रीवास्तवले जानकारी दिए ।


कोहलपुर कर्मचारी इकाइ संघका उपाध्यक्ष जय प्रकाश भण्डारीको स्वागत मन्तब्य संगै शुभारम्भ गरिएको रक्तदान कार्यक्रममा कर्मचारी संघ लुम्बिनि प्रदेशका अध्यक्ष एबं कार्यक्रमका प्रमुख अतिथि दुर्गा प्रसाद जैसी, नेपालगञ्ज बितरण केन्द्र प्रमुख सुरज गौतम, कोहलपुर बितरण केन्द्र प्रमुख सुरज रेग्मी, नेपालगञ्ज बितरण उपप्रबन्धक टंकराज गिरी, लेखा अधिकृत गोबिन्द ढकाल, नेपालगञ्ज बितरण केन्द्रका प्रशासकीय प्रमुख गोपाल प्रसाद ओझा लगायतले प्राधिकरणको ३७ औ बार्षिकोत्सब सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा निःशुल्क दमकल सेवा शुरु

१ भाद्र २०७९, बुधबार १२:४१
नेपालगञ्ज : कोहलपुरमा कहि कतै आगलागी भएमा १०१ मा फोन गरे तुरुन्तै दमकल घटनास्थलमा आइपुग्नेछ । भनिन्छ, विपद बाजा बजाएर आउँदैन । विपदपछि समयमा प्रतिकार्य गर्नसके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ । जसका लागि कोहलपुरमा आवश्यक औजार–उपकरणसहितको निःशुल्क इमर्जेन्सी दमकल नम्बर १०१ सुरु गरेको छ । दमकल सेवा बाँकेको कोहलपुर […]