छोरीको विवाहको लागि अनुदान दिन माग गर्दै स्थानीयद्वारा गाउपालिका घेराउ

१० माघ २०७४, बुधबार १९:०३
 

सदरलाइन / रुद्र सुवेदी,
१० माघ, नेपालगन्ज  : बाटो र पुल निर्माण भएपनि नभएपनि केही छैन तर गाउपालिकाका सबै छोरीको विवाहको लागि गाउपालिकाले अनुदान रकम दिनपर्ने माग राख्दै स्थानीयद्वारा गाउपालिकाकोे कार्यालय घेराउ गरिएको छ । बाँकेको जानकी गाउँपालिकामा विकास निर्माणको लागि आएको रकम छोरीको विवाहको लागि अनुदान दिनुपर्ने माग गर्दै स्थानीयद्वारा गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो ।
सो गाउपालिकाका स्थानीय रामदेव मिश्रको नेतृत्वमा गाउपालिकाका ६ वटै वडाका स्थानीयबासीले छोरीको विवाहको लागि अनुदान रकम लिनको लागि विवाह दर्ता, नागरिकता र जन्मदर्ताको प्रमाण पत्र बोकेर गाउपालिकाको कार्यालय पुगेका थिए ।
उनीहरुले गाउपालिकाले विकास निर्माणको रकम अनुदानमा दिन नमिल्ने जानकारी गाउपालिका पुगेपछि मात्रै जानकारी पाएपछि केहीबेर अन्यौलमा परेका थिए ।


गाउपालिका परिसमा भेटिएका रामदेवले विकास हरेक वर्ष गरे पनि हुने तर, गाउपालिकामा बस्ने स्थानीयको छोरीको विवाहको लागि अनिर्वाय रुपले अनुदान दिनुपर्ने बताए । उनले भने–‘बाटोघाटो पुलपुलेसा बन्दै गर्छ । त्यो नभए पनि हुन्छ तर, गाउपालिकामा जन्मेका सबै छोरीको विवाहको लागि गाउपालिकाले अनुदान रकम दिनै पर्छ ।’ उनले विकासको रकमबाट छोरीको विवाहको लागि रकम दिनुपर्ने अडान राखे । रकम लिनको लागि अधिकांश महिलाहरु गाउपालिका पुगेका थिए ।



‘रामदेवले तीन दिन अघिदेखि गाउपालिकाका सबै वडामा छोरीको विवाहको लागि गाउपालिकाले १० गते आर्थिक सहयोग वितरण गर्दैछ । सबैले नागरिकता, जन्मदर्ता र विवाह दर्ताको प्रमाणपत्र लिएर रकम लिन आउनु भनेर खबर गरेको कारण सबैले नागरिकता, जन्मदर्ता लिएर गाउपालिका आएका रहेछन’–गाउपालिकाका सल्लाहकार किशोर थापाले भने ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सोही गाउपालिकाको अध्यक्षको प्रत्यासी रहेका रामदेवले आफ्नो चुनावी घोषणा पत्रमा समेत आफुले जितेमा गाउपालिकाका सबै छोरीको विवाहको लागि पाँचलाख गाउपालिकाले दिने उल्लेख गर्दै निर्वाचन लडेर २ मत पाएको स्थानीय बताउछन् ।
जानकी गाउपालिका–४ कि अंशु सोनारले गाउपालिकाले छोरीको विवाहको लागि आर्थिक अनुदान दिन लागेको खबर पाएर आफ्ना ५ नातिनीको विवाहको रकम लिनको लागि गाउपालिका आएको बताईन । रामदेवले नै गाउमा गाउपालिकाले सबै छोरीहरुको विवाहको लागि गाउपालिकाले वितरण गर्नको लागि १६ करोड रकम आएको र १० गते वितरण हुने खवर पठाएको थाहा पाएर गाउलेको साथ लागेर आएको बताईन ।
उनले भनिन–‘गाउपालिकाले छोरीको विवाहको लागि रकम वितरण गर्दै छ भनेर आएकी हुँ । मेरा ५ वटी नातीनि छन् । बस्नको लागि घर मात्रै छ खेती केही छैन् ।’ उन कै साथ लागेर आएकी ७२ वर्षिया मंगला गोडियाले घरमा विवाह उमेर पुगेकी २ नातीनि रहेको र आफ्नो छोरा विरामी भएकोले नातीनिको विवाह खर्च लिन आएको बताईन ।
जानकी गाउपालिका–३ की जन्नतुल शेषले आफ्नी ४ छोरीको विवाह गर्नु पर्ने उमेर पुग्दा पनि आर्थिक अभावले त्यतिकै रहेको बेलामा गाउपालिकाले छोरीको विवाहको लागि रकम दिन्छ भनेर खवर गाउमा गएकोले खुसी हुँदै आएको बताईन । उनले भनिन–‘मेरा ४ छोरी एक छोरा छन् सबैको विवाह गर्नु पर्ने बेला भयो । म एकल महिला हुँ खेतीपाती खान पुग्ने पनि छैन । गाउपालिकाले छोरीको विवाहको लागि पैसा दिन्छ भनेर आए यहाँ अउदा त्यस्तो रहेनछ ।’
राजपा नेता राजकिशोर मिश्राले गाउपालिकाले गरिब परिचय पत्र वितरण गरी गरिव र विपन्न समुदायका छारीहरुको विवाहको लागि रकम छुट्टाउनु पर्ने साथै साममाजिक भत्तामा बृद्धि गरी ५ हजार मासिक पु¥याउनु पर्ने बताउदै विकास र समाजिक सुरक्षा दुबै आवश्यक भएको बताए ।
यसैबीच जानकी गाउपालिकाका अध्यक्ष राम निवास यादवले रामदेव करिव एक महिना अघि आफ्नो दुई छोरीको विवाहको लागि वडा कार्यालय र गाउपालिकामा आएको आफुहरुले गाउपालिकामा त्यस किसिमको आर्थिक सहयोग गर्नको लागि कुनै बजेट नभएको स्पष्ट पारेर पठाएको बताए ।
उनले भने–‘महिना दिन अघि रामदेव आफ्नी छोरीको विवाहको लागि गाउपालिका र वडा कार्यालयबाट आर्थिक सहयोग माग्न आउनु भएको थियो मैले हुँदैन भनेर पठाए । आज गाउपालिकाका स्थानीय बासिन्दालाई विकास निर्माणको रकम वितरण गर भन्दै आउनु भएको रहेछ । मैले सबैलाई विकास निर्माणको रकम अनुदानमा दिन मिल्दैन भनेर पठाए ।’
उनले आफ्नो गाउपालिकामा विपन्नता र अशिक्षाको व्याप्त रहेको बताउदै छोरीको विवाह दाईजोको कारण सामाजिक बोझको रुपमा रहेकोले सचेतनाको विशेष अभियान सञ्चालन गर्ने मानसिकता बनेको बताए ।

     

Next Post

स्व गजेन्द्र नारायणको योगदानको नेपालगन्जमा चर्चा

१० माघ २०७४, बुधबार १९:०३
सदरलाइनडटकम   १० माघ, नेपालगन्ज : स्व गजेन्द्र नारायण सिंहको १६ औँ वार्षिक पुण्य तिथिको अबसर बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । राजपा नेपाल बाँकेको अध्यक्ष मण्डलका सदस्य फुलचन्द्र तिवारीको आयोजनामा कार्यक्रमको गरिएको थियो । सानोश्री ताराताल नगरपालिकाका पुर्व कार्यकारी अधिकृत तथा नेपालगन्ज निवासी बसन्त कनौजियाको प्रमुख आतिथ्यमा सम्पन्न […]