लागुऔषधसहित दुई जना पक्राउ

सदरलाइन संवाददाता १२ फाल्गुन २०८०, शनिबार १३:४१
 

नेपालगञ्ज : लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका वडा नं.५ बस्ने बर्ष २७ को रमेश बडुवाल र सोही ठाउँ बस्ने बर्ष २८ को गोपाल बम रहेका छन् ।

बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ पुर्व पश्चिम राजमार्ग गल्लीकटान स्थित लु. ९४ प. १२९१ नं. को मोटरसाईकल जाँच तथा खानतलासी गर्दा रमेश बडुवालको साथबाट लागू औषध ब्राउन सुगर ८ ग्राम ६०० मिलिग्राम फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


प्रहरीका अनुसार, लागुऔषधका साथै एक थान सानो डिजिटल तराजु समेत बरामद गरेको छ । पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्विनी प्रदेशस्तरीय सुरक्षा सम्मेलन सम्पन्न

१२ फाल्गुन २०८०, शनिबार १३:४१
नेपालगञ्ज : दुईदिने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा सम्मेलन नेपालगञ्जमा सम्पन्न भएको छ । लुम्बिनीको शान्ति सुरक्षालाई चुस्तदुरुस्त र सुशासनसहितको सेवा प्रवाह कायम गर्ने प्रतिबद्धतासँगै सम्मेलन सकिएको हो । लुम्बिनीका १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षाको अवस्था, चुनौती र आगामी कार्ययोजनाका बारेमा आफ्नो प्रस्तुत गरेका थिए । उनीहरूका अनुसार […]

सम्बन्धित