बर्दिया राष्ट्रिय निकुञ्जबाट ४ शिकारी पक्राउ

सदरलाइन संवाददाता २३ मंसिर २०७८, बिहीबार १७:५२
 

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा हतियारसहित चार शिकारी पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त गस्ती टोलीले शिकार गर्न गएका चार जना शिकारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको भेरी गंगा नगरपालिका ५, हात्तिखाल बस्ने ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठग बहादुर थापा र २२ वर्षीय ललित घर्ती रहेका छन् ।


उनीहरुलाई निकुञ्जको हात्तिखालको बबई पाखाबाट भरुवा बन्दुक नाल ३ थान, बन्दुकको गोली ४१ थान मसिनो छर्रा १०० ग्राम, बन्दुकको केपा १५ थान, बारुद ३ सय, रेति १ थान, हँसिया ३ थान, सलाई ५ थान, साईकल छर्रा ३७ थानसहित पक्राउ गरेको नेपाली सेनाले जनाएको छ ।

पक्राउ परेका शिकारीहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हेफरद्वारा ४७ वटा ढुवानी साधन महिला सहकारीलाई हस्तान्तरण

२३ मंसिर २०७८, बिहीबार १७:५२
रुपन्देही (बुटवल) : हेफर ईन्टरनेशनल नेपालले कृषि र पशुजन्य उत्पादनको बजार प्रबद्र्धन गर्ने उद्देश्यका साथ नेपालका बिभिन्न ७५ वटा सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ढुवानीको साधन बितरण गरेको छ । पहिलो चरणमा २८ वटा र दोश्रो चरणमा ४७ गरि कुल ७५ वटा ढुवानीका साधन हेफर ईन्टरनेशलनको ५० प्रतिशत आर्थिक सहयोगमा […]