पुस्तकालयलाई कर्मचारी मिलन केन्द्रद्वारा एकवागार्ड हस्तान्त्रण

सदरलाइन संवाददाता २१ माघ २०८१, सोमबार १९:०९
 

नेपालगञ्ज :  कर्मचारी मिलन केन्द्र बाँकेले महेन्द्र पुस्तकालय नेपालगञ्जमा आउने पाठकलाई शुद्ध पेय जल उपलब्ध गराउने उदेश्यले एकवागार्ड र डिस्पेन्सरी हस्तान्त्रण गरेको छ ।

केन्द्रले ८० हजार बराबरको एकवागार्ड, तातो चिसो र नर्मल पानी वितरण गर्ने डिपेन्सरी केन्द्रका संरक्षक बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, मिलन केन्द्रका अध्यक्ष गोविन्द पाण्डे, नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्टले पुस्तकालयका उपाध्यक्ष पंकज श्रेष्ठलाई हस्तान्त्रण गरेका थिए ।


कर्मचारी मिलन केन्द्रले निलसागर आश्रमको भवन निर्माणको लागि पनि १ लाख बराबर सहयोग गरेको छ । केन्द्रका अध्यक्ष पाण्डेले बाढी पीडित तथा शीतलहरबाट जोगाउन न्यानो कपडालगायतको सहयोग गरेको बताए । उनले आफ्नो सदस्यता शुल्कबाट केन्द्रले विभिन्न सामाजिक कार्य गर्दै आएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उत्सवमय बन्यो लुम्बिनी प्रदेश स्थापना दिवस

२१ माघ २०८१, सोमबार १९:०९
दाङ : लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका(देउखुरी)मा भब्य रुपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरु राखेर सरकारले […]