नेपालगञ्जका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम

सदरलाइन संवाददाता १३ मंसिर २०७८, सोमबार १३:२६
 

नेपालगञ्ज : नेपालगञ्जका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा रोकिएको खाजा कार्यक्रम नेपालगञ्जका विद्यालयले पुनः शुरु गरेका हुन् ।

दिवा खाजा कार्यक्रम शुरु भएपछि विद्यार्थीहरुको उपस्थिति बढ्ने र विचमै कक्षा छाड्ने प्रवृत्तीमा कमी आउने अपेक्षा रहेको जय जनता माध्यामिक विद्यालय नेपालगञ्ज २० थपुवाका प्रधानाध्यापक रामबहादुर पाण्डेले बताए ।

खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समितिले गाउँमा पाईने अर्गानिक पौष्टिक आहारको साप्ताहिक रुपमा खुवाईने तालिका बनाएको जनाइएको छ ।


नेपालगञ्ज उपमहानगरपालिका शिक्षा शाखाले नगरका ४२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरेको छ । दिवा खाजा कार्यक्रमको प्रभावकारीताका लागि नियमितरुपमा अनुगमन गरीरहेको उपमहानगरपालिकाका खेलकुद तथा शिक्षा महाशाखा अधिकृत लोकेन्द्र शाहीले बताए ।

सरकारले देशभरीका सामुदायिक विद्यालयमा शुरु गरेको दिवा खाजा कार्यक्रम बाँकेमा गत फागुनदेखि सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश एक पराजित, लुम्बिनी फाइनल नजिक

१३ मंसिर २०७८, सोमबार १३:२६
काठमाण्डौ : लुम्बिनी प्रदेश वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ । टियु क्रिकेट मैदानमा सोमबार प्रदेश नं. १ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनल नजिक पुगेको हो । १ सय ७ रनको लक्ष्य लुम्बिनीले २३ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । जितसँगै […]