सदनमा आवाज उठाउन नसक्नु पार्टीको कमजोरी हो : पुर्व महामन्त्री सिटौला

१६ जेष्ठ २०७५, बुधबार ०८:५५
 

सदरलाइनडटकम  
१६ जेठ, नेपालगन्ज : नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रति बलियो प्रतिपक्षकोे रुपमा प्रस्तुत हुन नसकेको बताएका छन ।
गणतन्त्र दिवस र पार्टी कार्यकर्तासँग भेटघाट गर्न नेपालगन्ज आइपुगेका सिटौलाले सदनमा काग्रेसको भुमिका कमजोर भएको स्वीकार्दै भने,‘ नीति तथा कार्यक्रमको बारेमा सदनमा बलियो रुपमा आवाज उठाउनु पर्ने हो । प्रतिपक्षले कहिले पनि सत्तापक्षलाई समर्थन गर्दैन । नेपाली काग्रेस सरकारको सरकारको निति तथा कार्यक्रमको बिपक्षीमा छ । बिपक्षमा भएको मतलाई स्पष्ट रुपमा प्रस्तुत गर्न सक्नु पथ्यो, तर त्यो सकेन । त्यो पार्टीले गरेको गल्ती हो ।’
उनले सरकारले ल्याएको बजेट दुरगामी रुपमा उत्पादन वृद्धि गर्ने खालको नभएको धारण राखे । उनले थपे,‘बजेट रोजगारले अवसर पाउने खालको छैन । बढी बैदेशिक ऋण र अनुदानमा भर परेको देखिन्छ । वितरणमुखी बजेट छ । सरकार स्थायी रहने अहिलेको सम्भावाले देखाएको छ । यस्तो अवस्थामा दिर्घकालिन प्रभाव पार्ने बजेट आवश्यक थियो । उत्पादन वृद्धिको कार्ययोजना छैन । नेपालाई आत्मनिर्भर भएर अर्थतन्त्रलाई नयाँ ढगले अगाडी बढाउने योजना देखिदैन ।’
दुइ कम्युनिष्ट पार्टी एकिकरण पछि काग्रेस ‘डिप्रेसनमा’ परेको आरोपलाई खण्डन गर्दै सिटौलाले भने,‘लोकतान्त्रिक चरित्र नबुझने लगाउने आरोप हो त्यो । निर्वाचनको परिणामले काग्रेसको मनोबल घटेको छैन । सरकारका केहि नेता त्यो भन्ने गरेको छन । त्यो दम्भ र अहंकार हो । त्यसले सत्तालाई अन्धो बनाउछ । अन्धो भयो भने पनक सुरु हुन्छ ।
उनले पार्टीको प्रदेश संरचनाको सगठन निमार्ण नभएकोले पनि प्रदेश र स्थानीय सरकारमा काग्रेस कमजोर देखिएको सिटौलाले बताए । ‘प्रदेश सरकार छ, सदन छ । तर, काग्रेस पार्टीको सघीय सरचना हेर्ने सगठन छैन । प्रदेश सभाका सदस्यलाई मार्गनिर्देशन गर्ने निकाय छैन । सभासदले आफनो स्वविवेक काम गरिरहेका छन । उनीहरुलाई पार्टीले सहयोग गर्न सकिरहेको छैन ।’ नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा बुधबार नेता सिटौलाले जिल्लाका अगुवा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

Next Post

बाँकेका जनप्रतिनिधिलाई कर्मचारीले ठोके दुई गोल

१६ जेष्ठ २०७५, बुधबार ०८:५५
सदरलाइनडटकम १६ जेठ, नेपालगन्ज : गणतन्त्र दिवसको अवसरमा बाँकेमा जनप्रतिनिधि–११ र कर्मचारी–११ बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । नेपालगन्जको प्रहरी व्यायमशालामा आयोजना गरिएको सो प्रतियोगितामा कर्मचारी–११ ले जनप्रतिनिधि–११ लाई शुन्यका बिरुद्ध २ गोल प्रहार गरी मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । जनप्रतिनिधि–११ को नेतृत्व गर्दै जिल्ला समन्वय […]

सम्बन्धित