राप्तीसोनारी गाउँपालिकाको आठौ गाउँ सभा सम्पन्न

सदरलाइन संवाददाता २८ माघ २०७७, बुधबार १८:४८
 


राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न भएको छ । गत पुस २४ गते शुरु भएको गाउँसभा नौ वटा विधेयक र ऐन पारित गर्दै सम्पन्न् भएको हो । गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँ सभामा दश वटा विधेयक र ऐनलाई अगाडि सार्दै कार्यसूची प्रस्तुत गरेका थिए ।

गाउँ सभाले कृषि विकास, संस्था दर्ता, तथ्यांक तथा अभिलेखन, स्थानीय स्वास्थ्य तथा सरसफाई, स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, स्थानीय तहको औद्योगिक व्यवसाय प्रवद्र्धन, विपद जोखिम न्यूनीकरण, स्थानीय शिक्षा ऐन र स्थानीय वन ऐन २०७७ पारित गरेको छ । कार्यसूचीमा रहेको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित विधेयकलाई हटाइएको छ ।


गाउँ सभामा प्रस्तुत विधेयक र ऐनलाई विस्तृत छलफलका लागि वडा कार्यालयमा पठाइएको थियो । प्रस्तुत भएका विधेयक र ऐनलाई पालिकामा बनाइएका विषयगत समिति, विधान समिति हुँदै कार्यपालिकाको बोर्ड बैठकमा छलफल गरेर गाउँसभाबाट पास गरिएकोछ । राप्तीसोनारीले पहिले नै ३३ वटा ऐन, २० वटा नियमावली, १२ वटा कार्यविधि बनाइसकेको थियो ।

Next Post

दुई सातादेखि बेपत्ता खत्रीको खोजीको लागि परिवारजनको आग्रह

२८ माघ २०७७, बुधबार १८:४८
राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–२ खोरियाका हेमराज खत्री गत दुईसातादेखि बेपत्ता भएका छन् । उनको सकुशल खोजीको लागि उनकी पत्नी कल्पना ओलीले सबैसंग आग्रह गरेकी छन् । घरबाट कुखुराको लागि औषधि किन्न निस्केका बेपत्ता श्रीमानको खोजतलासको लागि उनले ईलाका प्रहरी कार्यालयमा समेत निवेदन दिएपनि कुनै अत्तोपत्तो नभएको उनको गुनासो […]

सम्बन्धित