बाँकेका थप चार जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १२ श्रावण २०७९, बिहीबार १३:५१
 

नेपालगञ्ज : बाँकेमा बिहीवार थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ६ जनाको पीसीआर परीक्षण गर्दा ३ र जमुनाहा नाकामा एकजनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो ।

योसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५८ पुगेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । जसमध्ये २० हजार ७४६ जना निको भइसकेका छन् ।


बिहीवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५८ रहेको फोकलपर्सन वलीले जानकारी दिए । संक्रमित सबै जनाले होमआइसोलेसनामा स्वास्थ्य लाभ गरिरहेका छन् ।

पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्यकर्मीहरुले सबैलाई आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

४१औं विपी स्मृति दिवसका अवसरमा डुडुवामा बृक्षारोपण

१२ श्रावण २०७९, बिहीबार १३:५१
नेपालगञ्ज : बाँकेको डुडुवामा आज बृक्षारोपण गरिएको छ । ४१औं विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ को आयोजना तथा डुडुवा गाउँपालिका कार्यसमितिको समन्वयमा डुडुवा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन परिसरमा बृक्षारोपण गरिएको हो । क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ताको अध्यक्षता एवम् केन्द्रीय […]