डुडुवामा पनि देखियो दादुरा, आठ जना संक्रमित फेला

सदरलाइन संवाददाता ७ माघ २०७९, शनिबार १२:४९
 

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकाका आठ जना बालबालिकामा दादुरा संक्रमण देखिएको छ । पालिकाको वडा नं. १ मा दादुरा संक्रमण देखिएको हो । योसँगै जिल्लका पाँच वटा पालिकामा दादुरा संक्रमण देखा परेको छ ।

डुडुवामा दादुरा संक्रमण देखा परेपछि शनिवारदेखि त्यहाँ खोप अभियान सञ्चालन गरिएको छ । वडा नं. १ को तीन वटा खोप केन्द्रमा अभियान सञ्चालन गरिएको हो ।

बाँकेमा अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा दुई सय जना, खजुरामा १८ जना, कोहलपुर नगरपालिकामा ३ जना, नरैनापुर गाउँपालिकामा १५ जना र डुडुवा गाउँपालिकामा ८ जना सांक्रमित फेला परेका छन् ।

स्वास्थ्य कार्यालय नेपालगञ्जका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार ५ वटा पालिकाको २६ वटा प्रभावित छन् । ती मध्ये १३ वटा वडाका २० वटा खोप केन्द्रमा शनिवार खोप लगाईंदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा २४ क्युफिट अवैध काठ बरामद

७ माघ २०७९, शनिबार १२:४९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२३ डम्पिङ साइड नजिकैबाट प्रहरीले अबैध काठ बरामद गरेको छ । प्रहरी चौकी तेलियनपुरबाट प्रहरी सहायक निरीक्षक धर्मबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरीको टोलीले २४ क्युफिट बढि काठ बरामद गरेको हो । बेवारिसे अवस्थामा भेटिएको काठ नेपालगञ्ज डिभिजन वन कार्यालयलाई बुझाइएको छ । हिरिमिनिया प्रहरी र वन उपभोक्ता […]