प्रदेश एक पराजित, लुम्बिनी फाइनल नजिक

सदरलाइन संवाददाता १३ मंसिर २०७८, सोमबार १४:५०
 

काठमाण्डौ : लुम्बिनी प्रदेश वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल नजिक पुगेको छ । टियु क्रिकेट मैदानमा सोमबार प्रदेश नं. १ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनल नजिक पुगेको हो ।

१ सय ७ रनको लक्ष्य लुम्बिनीले २३ दशमलब ३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । जितसँगै पाँचमध्ये चार खेल जितेको लुम्बिनी फाइनल नजिक पुगेको छ ।

यता चारमध्ये तीन खेल जितेको प्रदेश १ को फाइनल प्रवेश गर्ने सम्भावनामा धक्का लागेको छ । लुम्बिनीको जितमा विशाल विक्रम केसीले सर्वाधिक २६ रनको योगदान गरे ।

कप्तान देव खनालले २५, वासिर अहमदले २४, विराट भण्डारीले १६ तथा आकाश त्रिपाठी १३ रन जोडे । प्रदेश १ का दिपेश कँडेलले सर्वाधिक २ विकेट तथा गौरव कटुवाल र लभ कामतले एक–एक विकेट हात पारे ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३७ दशमलब २ ओभरमा अलआउट हुदै केवल १ सय ६ रन जोड्न सक्यो ।

प्रदेश १ का लागि गौरव कटुवालले सर्वाधिक १९ रन जोड्दा दिपक जोशीले १८ रन बनाए । राकेश शाहले १३ बनाएपनि अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन जोड्न सकेनन ।

प्रदेश १ लाई सस्तैमा समेट्न लुम्बिनीका मोहम्मद हुसेनले सर्वाधिक ५ विकेट हात पारे । वासिर अहमदले ३ तथा दुर्गेश गुप्ताले २ विकट चट्काए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया राजापुरका बाढी प्रभावितलाई राहत वितरण

१३ मंसिर २०७८, सोमबार १४:५०
बर्दिया : गत कात्तिकको पहिलो सातामा भएको अविरल वर्षातपछिको बाढीका कारण प्रभावितलाई राहत वितरण गरिएको छ । बासको आयोजना, एनआएनए अष्टेलियाको सहयोग, राजापुर नगरपालिकाको सहकार्य र जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वयमा सो राहत वितरण गरिएको हो । कात्तिकको पहिलो साता आएको बाढीले बर्दिया राजापुर नगरपालिका–७ का प्रभावित ब्यक्तिहरुलाई राजापुर […]