काँग्रेस बाँकेको क्षेत्र नं. १ मा पोषण केसी विजयी

सदरलाइन संवाददाता १० मंसिर २०७८, शुक्रबार १५:४१
 

नेपालगञ्ज : नेपाली काँग्रेस बाँके संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । मतपरिणाम अनुसार केसीले निकटतम प्रतिद्धन्द्धी माधवराम खत्रीलाई ४७ मतान्तरले हराएका हुन् ।

६०१ मतमा केसीले ३१६ र खत्रीले २६९ मत पाएका छन् । सचिवमा केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री प्यानलबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री प्यानलबाट दिपेन्द्र उप्रेती र केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।


क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि चुन्न बिहीवार भएको मतदानमा ६०१ मत खसेको थियो । ६०५ जना मतदाता मध्ये ४ जना अनुपस्थित रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वकप छनोट : नेपालद्वारा मलेसिया पराजित

१० मंसिर २०७८, शुक्रबार १५:४१
नेपालगञ्ज : आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । नेपालको चार खेलमा यो लगातार तेस्रो जित हो । जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ […]