रुकुम उडेको विमान ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण

सदरलाइन संवाददाता ७ मंसिर २०७८, मंगलवार १४:३५
 
फाइल फोटो

नेपालगञ्ज : काठमाण्डौबाट रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको विमान नेपालगञ्जमै अवतरण गरेको छ ।

सोमबार नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानका पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमै विमान अवतरण गराएका हुन् ।

आठ जना यात्रु लिएर काठमाण्डौबाट उडेको विमानमा पाइलट पेम्बा शेर्पा थिए । उनको ड्युटी विहान साढे ५ बजे शुरु भएर दिउँसो चार ४ बजेसम्म थियो ।


काठमाण्डौबाट चौरजहारीका लागि विमान उडाए पनि आकाशमै चार बजेपछि पाइलट शेर्पाले नेपालगञ्जमै अवतरण गरेका हुन् ।

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले रुकुमका लागि उडेको विमान नेपालगञ्जमा अवतरण भएको विषयमा अनुसन्धान थालिएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा मंगलवार ५ जनामा कोरोना पुष्टि

७ मंसिर २०७८, मंगलवार १४:३५
नेपालगञ्ज : बाँकेमा मंगलवार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको प्रयोगशालामा १३ नमुना परीक्षण गर्दा ३ जना र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि […]