सदरलाइनडटकम,
अर्घाखाँची : भीरबाट लडेर बझाङमा दुई जनाको मृत्यु भएको छ । स्याउला ल्याउन जंगल जाने क्रममा मंगलवार भीरबाट लडेर तल्कोट गाउँपालिका ७ धामीगाउँकी ३३ वर्षीया जानकी धामीको मृत्यु भएको हो ।
लडेर घाइते भएकी धामीको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै घाँस काट्ने क्रममा भीरबाट लडेर खप्तड छान्ना गाउँपालिका १ गोठखोलाका २२ वर्षीया पार्वती जोशीको मंगलवार मृत्यु भएको छ ।
घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
